कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशको निर्णय हुन सकेन, १६ गते सम्मको लागि बैठक स्थगित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशको निर्णय हुन सकेन, १६ गते सम्मको लागि बैठक स्थगित

साउन १४, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदनबारे सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठक १६ गतेसम्मको लागि स्थगित गरिएको छ। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक छलफल गर्नु पर्ने भन्दै समय माग गरेपछि सुनुवाइ समितिको बैठक १६ गतेसम्मको लागि स्थगित गरिएको हो । 

बैठकमा सत्ता पक्ष एवं नेकपाका सांसदहरुले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम प्रस्ताव गरेका थिए।

धेरै पटक पढिएको