काभ्रेमा बालिका हत्या प्रकरणले लियो नयाँ मोड : बलात्कारपछि फुपूकै मिलेमतोमा हत्या - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

काभ्रेमा बालिका हत्या प्रकरणले लियो नयाँ मोड : बलात्कारपछि फुपूकै मिलेमतोमा हत्या

साउन १४,काभ्रे । तेमाल गाउँपालिका १ (साविक सस्यूखर्क गाविस) आधाबाटोमा गएको असार २० गते राति भएको बालिका हत्या प्रकरणले नयाँ मोड लिएको छ ।
आफ्नै फुपूसमेतको मिलेमतोमा हत्या गरिएको भनिएकी ९ वर्षकी बालिका एलिसा तामाङको जबरजस्ती करणी पछि हत्या भएको प्रहरी अनुसन्धान तथा बालिकाको स्वास्थ्य परीक्षणबाट देखिएको प्रहरीले जनाएको छ ।

बालिकाको घर नजिकै रहेको छेन्देलिङ्ग हेलेमेन्दो गुम्बाको परिसरभित्र  रहेको पर्खाल नजिकै ढुंङ्गा थुपारेको स्थानमा जोखन मन्सुरीले मादक पदार्थ सेवन गरेको नसामै करणी गरेको प्रहरीले जनाएको छ । करणीबाट बालिकाको योनाङ्ग तथा मलद्धारमा समेत चोट लागेको रिपोर्टमा उल्लेख छ ।

जिल्ला प्रहरी प्रमुख रविराज खड्काले पत्रकार सम्मेलन गरि दिनुभएको जानकारी अनुसार प्रतिवादी जोखन मन्सुरीले मादक पदार्थ सेवन गरी बालिका करणी गर्ने क्रममा बालिका चिच्याएपछि पीडित बालिकाको नाक मुख थुनी दिएकोमा निसास्सिएर निज बालिकाको मृत्यू भएको हो । नातामा फुपू पर्ने मिना तामाङ्गले प्रत्यक्ष देखे पनि कुनै प्रतिकार नगरेको र घटना लुकाउने प्रयास भएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ ।

गएको असार २० गते  साँझ घरको बाख्रा खोरमा  २१ वर्षीय फुपू मिना तामाङ र ज्यामी काम गर्ने २३ वर्षीय जोखन मन्सुर यौनसम्बन्ध राखिरहेकोे अवस्थामा एलिसाले देखेपछि आफ्नो अवैध सम्बन्ध लुकाउन यो घटना घटेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डीएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले  फुपू मिना र मन्सुर मिलेर बालिकाको हत्या भएको बताउनुभयो । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा राखिएको छ । कर्तव्य ज्यान मुद्धा चलाउने तयारी गरेको प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

source: ujyaaloonline.com

धेरै पटक पढिएको