कांग्रेसले आज देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

कांग्रेसले आज देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने

साउन १५, काठमाडौँ ।  नेपाली कांग्रेसले (आज)मंगलबार देशभर सरकारको विरुद्धमा प्रदर्शन गर्दैछ । 
कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बन्दै गएको, महंगी बढेको, भ्रष्टाचार मौलाएकोसहितका आरोप लगाउँदै सबै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

काठमाडौँमा दिउँसो साढे दुई बजे प्रदर्शन गर्ने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ । रत्नपार्कमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

केही समयअघि सरकारले रत्नपार्क, माइतीघरसहितका क्षेत्रमा प्रदर्शनसहितका विरोधका कार्यक्रम गर्न नपाउने गरी निशेधित क्षेत्र घोषणा गरेको थियो । तर कांग्रेसले त्यसको पनि विरोध गर्दै आएको छ ।

नेपाली कांग्रेसले सडक र संसदमा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ ।

धेरै पटक पढिएको