बेलाबेला टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 19, 2018

बेलाबेला टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा

साउन ३, काठमाडौँ । टाउको दुखाइ धेरैको समस्या हो। टाउको दुख्ने समस्याबाट पनि धेरैजना ग्रसित छन् । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् । 

यसका अलावा पनि अत्याधिक थकान, र धपेडीका कारणपनि टाउको दुख्ने गर्छ । 
टाउको दुखेमा यस्ता समाधानका उपाय लगाउन सकिन्छ ।

१. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन । यसले टाउको दुखाइलाई बढी निम्त्याउंछ ।


२. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट धेरै खाँदा पनि त्यतिकै टाउको दुख्ने समस्या हुन्छ । यस्तो बानीलाई हटाउनुपर्छ ।


३. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ)को सेवन बढी गर्नु हुँदैन । त्यसैले यस्तो बानीलाई पनि सुधार्नुपर्छ ।


४. चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने गर्नुपर्छ । अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक जाँदा पनि टाउको दुख्ने गर्छ । यस्तो कुराबाट टाढा रहनुपर्छ।


५. भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने गर्नुपर्छ । कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने।

धेरै पटक पढिएको