असार १२, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटा भट्टा र प्लाइ उद्योग हटाउन माग गरेका छन् । यी उद्योगबाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको उनीहरुको भनाइ छ ।
नगरपालिकाको वडा नं ७, ८, ९ र १२ को सिमानामा पर्ने आँपघारी, श्रीराम पाटी र किटिनी टोललगायत करीब एक किलोमिटरको दूरी आसपासमा मात्रै सातवटा इँटा भट्टा र एउटा प्लाइ उद्योग सञ्चालित छन् । यी भट्टाहरु नियमविपरीत सञ्चालन हुँदै आएको उनीहरुको दाबी छ । तरकारीको पकेट क्षेत्रका रुपमा चिनिने पाँचखाल नगरपालिकामा इँटा भट्टा सञ्चालनमा आएपछि वातावरण प्रदूषित बन्दैगएको स्थानीय बासिन्दाको दुखेसो छ । त्यहाँ करीब आठ÷दश वर्ष अघिदेखि एक दुईवटा मात्र इँटा भट्टा थिए । अहिले सातवटा भट्टा सञ्चालनमा छन् ।
भट्टाबाट निस्कने धुवाँले वरिपरिका बस्तीमा वायु प्रदूषण हुनाका साथै खेतबारीमा लगाएको तरकारीबालीमा समेत असर गरेको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो – “‘कृषि शहर पाँचखाल नगर’ भनेर चिनिएका पाँचखालको उत्पादनलाई धुवाँका कारण निकै नोक्सान पु¥याएको छ ।”
स्थानीयवासी चेतनाथ दंगालले भट्टाबाट निस्कने धुवाँका कारण सुतेका बेला राति सास फेर्न गाह्रो हुने गरेको बताउनुभयो । “बिहान त हुस्सु लागेको जस्तो आकाश नै डम्म बादलले ढोकेको हुन्छ, बगैँचामा आँप, लिचीलगायतका फलफूलका फूल फुल्न छोडिसक्यो,” दंगालले भन्नुभयो – “यस्तो अवस्थामा हामी कसरी बाँच्ने र खेती गर्ने ?”
स्थानीय ढकनारायण पराजुलीले इँटा भट्टालाई सार्न अथवा सुधार्नका लागि अपनाउनुपर्ने विधिका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्क्याउने गरेको बताउनुभयो । “भट्टाको विषयमा कुरा गर्नका लागि सञ्चालकहरु कहिल्यै नआएको र बीचमा फाइदा खाने ठेकेदारहरु अगाडि सरेर सबैलाई तर्साउने र धम्क्याउने गरेका छन्”, पराजुलीले भन्नुभयो । भट्टा सञ्चालकले डिप बोरिङ गरेका कारण भएका पुरानो इनारसमेत सुकेको उहाँको भनाइ छ ।
अर्का स्थानीय बासिन्दा नवराज ढकालले पहिलादेखि नै इँटा भट्टाको विषयमा बारम्बार आवाज उठाइरहेको भएपनि कुनै सुनुवाइ नभएको र अहिले जनप्रतिनिधि आएपछि केही होला कि भन्ने सोचेको तर त्यसअनुसार आफूहरुले सुधार नपाएको बताउनुभयो ।
आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि भट्टा सञ्चालन, ठेकेदार, स्थानीय बासिन्दा र नगरका प्रमुख, उपप्रमुखलगायत वडाका सबै जनप्रतिनिधिको बीचमा छलफल गर्ने भनेर आयोजना गरेको अन्तक्र्रियामा समेत प्रमुख÷उपप्रमुख उपस्थित नै नभएको ढकालले बताउनुभयो ।
स्थानीयवासी पूर्णबहादुर उदासले भने इँटा भट्टाले प्रदूषण गराएको साँचो भए पनि भूकम्पपीडितका लागि घर बनाउन सहयोग नै पुग्ने भएकाले भट्टा हटाउनुभन्दा पनि त्यसलाई सुधार गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
विद्यालयको छेउमै इँटा भट्टा
पाँचखाल नगरपालिका वडा नं १२ स्थित आँपघारीमा सञ्चालित जय भीमसेन इँटा उद्योग भुवनेश्वरी निम्न माध्यमिक विद्यालयभन्दा करीब ५० मिटरको दूरीमा रहेको छ ।
त्यही भट्टामा विद्यालयका विद्यार्थी इँटा ओसार्न गर्न जाने गरेको विद्यालयले जनाएको छ । भट्टा विद्यालय नजिक सञ्चालन हुनु र अर्कोतर्फ विपन्न समुदायका विद्यार्थी पैसाकै लोभमा इँटा ओसार्न जाने गरेको विद्यालयका शिक्षक जगन्नाथ धिमालले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक बलबहादुर कुँवरले इँटा भट्टाका कारण विद्यालय र गाउँलाई नै असर गरिरहेको बताउनुभयो । “हामीले जति समस्या उठाए पनि उहाँहरुको उद्योग सञ्चालन भइरहेको छ,” कुँवरले भन्नुभयो – “विरोध गर्नुको कुनै अर्थ भएन ।”
दश वर्ष अगाडि शुरु राखिएका इँटा भट्टाले पालना गर्नुपर्ने नियम पालना नगरी जथाभावी डिप बोरिङ गर्दा पानीसमेत सुकेका कारण स्थानीय बासिन्दा संघर्ष समिति नै गठन गरी आन्दोलन गर्दै आइरहेका छन् । संघर्ष समितिका संयोजक सूर्यबहादुर भेटवालले भन्नुभयो, “नगरमा भट्टाको धुवाँका कारण वातावरण निकै दूषित भयो । यहाँ सास फेर्न हावा स्वच्छ छैन । धोएर सुकाएको कपडा धुवाँका कारण कालो हुन्छ । लगाएको तरकारी बाली सुक्न थाल्यो । गाईभैँसीले घाँस खान छाडिसके ।” भेटवालले भन्नुभयो, “अब नगरलाई हरियाली शहर र कृषि नगर बनाउनका लागि पनि यो भट्टा हटाउनुको विकल्प छैन ।”
इँटा भट्टाकै कारण तरकारीबालीमा असर गरेपछि कालीमाटीमा बिक्रीका लागि पठाइएका तरकारीसमेत फिर्ता आएको स्थानीयवासी किसान बताउँछन् ।
जनगुनासो सम्बोधन हुन्छ:नगर प्रमुख
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरपालिकालाई व्यवस्थित शहर बनाउन आफूहरु लागिपरेको बताउनुभएको छ ।
“विशेषगरी नगरपालिकाको वडा नं ७, ८, ९ र १२ मा सञ्चालन भइरहेको इँटा उद्योगले वातावरण प्रदूषण गरेर स्थानीय बासिन्दालाई असर पु¥याउनुका साथै कृषिमा समेत असर गरेको भन्ने गुनासो आएपछि मेरै संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेर त्यसका लागि आवश्यक प्रक्रिया बुझ्ने र खोज्ने काम अगाडि बढिसकेको छ,” उहाँले भन्नुभयो – “अहिले समितिले कामसमेत थालनी गरिसकेको छ, पहिलो चरणमा त्यहाँका व्यवसायीलाई बोलाएर एक चरण छलफल गरिसकेका छौँ, अब भट्टा सञ्चालनका लागि जग्गा भाडामा दिने किसानलाई बोलाएर छलफल गर्ने तयारीमा छौँ ।”
उहाँका अनुसार उद्योगी र स्थानीय बासिन्दासँग छलफल गरी नगरलाई स्वस्छ, हरियाली र खेतीयोग्य बनाउन नगरपालिका गम्भीर भएर लागेको छ । (रासस)