असार १२, काठमाडौँ । विश्वकप फुटबलमा आज पनि समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । समुह सी र डीका अन्तिम चरणका खेलहरु आज हुन लागेको हो ।
समुह सी अन्तर्गत आज अष्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । समुह चरणका दुवै खेलमा जित निकालेर फ्रान्स ६ अंक सहित नकआउट चरण पुगिसकेको छ । आजको खेलमा फ्रान्सले विजयी भएमो समुह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्नेछ । डेनमार्कले फ्रान्सलाई हराउन सके, नकआउट चरण पुग्नुकासाथै समुह विजेता समेत बन्नेछ ।
यस्तै समुह डी अन्तर्गतको खेलमा नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोयसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।
यसअघि गएराती सम्पन्न खेलमा विश्वकपमा समुह बि अन्तर्गत इरान र पोर्चुगल बराबरीमा रोकिएका छन् । त्यस्तै स्पेन र मोरक्कोले पनि अंक बाडेका छन् ।
गएराती भएको खेलमा इरान र पोर्चुगल १–१ को बराबरीमा रोकिएका हुन् भने मोरक्को र स्पेनले २–२ गोल गरेका थिए । आयोजक राष्ट्र रुसलाई ३–० ले पराजित गर्दै उरुग्वे समुह ए को विजेता बनेको छ । रुस भने उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।
हिजै भएको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।