साउन १८, काठमाडौं । नेपालले पहिलो वन डे अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।
बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।
बुधबारको खेललाई नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल बनाएका शक्ति गौचन आज मैदान छिर्ने छैनन् । यस्तै, नेपालले अनुभवी खेलाडी शरद भेषावकरलाई पनि चोटका कारण गुमाउने निश्चित भएको छ । फिल्डिङ गर्दा शरदको औंलामा चोट लागेको थियो ।
टोलीमा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलको पुनरागमन निश्चित भएको छ ।
पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ ।
नेदरल्याण्डस्का कप्तानले नेपाली टिम राम्रो भए पनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए। नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै जित्नैपर्ने दबाबमा नेपाल छ ।
पहिलो अन्तर्राष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ ।
धेरै पटक पढिएको
-
कलाकारहरुले नै निर्माण गरेको धुर्मुस सुन्तली एकीकृत वस्ती साउन २८ गते सिमान्तकृत पहरी समुदायलाई हस्तान्तरण गरिएको छ । हास्य टेली श्रृंखला ...
-
कपिल कोईराला काभ्रे, २१ मंसिर : इन्धन संकटका कारण व्यापारी सुन्तला किन्न नआएपछि काभ्रेका किसानहरु चिन्तामा परेका छन् । वार्षिक लाखौं रुपैय...
-
कात्तिक २७ , काठमाडौं । राजधानीमा नै विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ। बहुराष्ट्र...
-
भदौ ८, कन्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन...

