असार १०, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएको दावी गरेका छन् ।
भक्तपुरको सूर्यविनायकमा रहेको विद्यालयबाट एसईई परीक्षा दिएका सार्थक मल्लले जीपीए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रिन्सिपल अनिल श्रेष्ठले जानकारी दिएका छन् । जीपीए ४ ल्याउने मल्लनै नेपालकै टप एसईई परीक्षार्थी भएको उनले दावी गरे ।
शनिबार सार्वजनिक भएको एसइईमा यस वर्ष २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४ ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन्।
यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए। त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार ९ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए।
नतिजा अनुसार झन्डै २ लाख विद्यार्थीले माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन रहेको बताइएको छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ रहेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सी, डी प्लस, डी र ई प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्।
परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धिको परीक्षा साउन २३ देखि गर्ने भएको छ ।