हिजो लिग चरणका खेल सकिएसँगै नक आउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो । यसपटक युरोपबाट १० टोली अन्तिम १६ मा पुगेका छन् ।
यसैगरी लेटिन अमेरिकाबाट ५ टोलीले अन्तिम १६ मा ठाउँ बनाउँदा एशियाबाट एक्लो टोली जापानमात्रै नक आउट चरणमा उक्लियो । अफ्रिकी मुलुकबाट भने कुनै पनि टोली नक आउट चरणमा प्रवेश गर्न सकेन ।
अन्तिम १६ का खेलहरु भोलिबाट हुनेछन् । हरेक दिन दुई खेल हुनेछ । नेपाली समयअनुसार बेलुकी पौने ८ बजे पहिलो खेल हुनेछ भने राति पौने १२ बजे दोस्रो खेल हुनेछ ।
अन्तिम १६ को पहिलो खेलमा भोलि फ्रान्स र अर्जेन्टिना भिड्नेछन् । भोलि नै उरुग्वेले पोर्चुगलको सामना गर्नेछ।
आईतबार स्पेन र रुस तथा क्रोएसिया र डेनमार्कको खेल हुनेछ । सोमबार ब्राजिल र मेक्सिको तथा जापान र बेल्जियम भिड्दा मंगलबार स्विडेन र स्विट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड आमने सामने हुनेछन् ।
यसअघि हिजो भएका खेलहरुमा बेल्जियम, कोलम्बिया, पोलयाण्ड र ट्युनिसिया बिजयी भएका छन् । राती भएका खेलहरुमा बेल्जियमले इङ्ल्याण्डलाई १–० ले पराजित ग¥यो ।
त्यस्तै पोल्याण्डले जापानलाई १–० ले नै हराउँदा, कोलम्बियाले सेनेगललाई पनि सामान अन्तरले हरायो । अन्तिम खेलमा सान्त्वना जित निकाल्ने क्रममा ट्युनिसियाले पानामालाई २–१ ल्े पराजित ग¥यो ।

