विश्वकप फुटबलमा आज तीन खेल, जर्मनी जित्नै पर्ने दवावमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, June 23, 2018

विश्वकप फुटबलमा आज तीन खेल, जर्मनी जित्नै पर्ने दवावमा

असार ९, काठमाडौँ । रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । 

विश्वकपमा आज समूह एफ को दुई खेल र समूह जी को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह जी बाट बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दैछन् । बेल्जियम र ट्युनिसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा हुनेछ । 

स्पार्टक स्टेडियममा हुने खेलमा बेल्जियम लगातार दोस्रो जितको खोजीमा हुने छ । पहिलो खेलमा पानामालाई ३–० ले हराएको बेल्जियम दोस्रो जित निकाल्दै दोस्रो चरणको यात्रा तय गर्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग २–१ ले पराजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम बनाउन चाहन्छ । यो समूहमा बेल्जियम र इंग्ल्यान्डको समान ३–३ अंक छ । ट्युनिसिया र पानामा अंक बिहिन रहेका छन्। 
विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा समूह एफ बाट दक्षिण कोरिया र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ८ः४५ मा सुरु हुनेछ । रोस्तोभ एरिनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहने छ। मेक्सिको भने लगातार दुई खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ । यो समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक बिहिन रहदै पुछारमा छ । पहिलो खेलमा दक्षिण कोरिया स्वीडेनसँग १–० ले पराजित भएको थियो । मेक्सिकोले साबिकको बिजेता जर्मनीलाई १–० ले नै हराएको थियो । 

समूह एफ कै आज हुने अर्को खेलमा जर्मनीले स्वीडेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ । फिष्ट ओलम्पिक रंगशालामा मैदान उत्रदै गर्दा जर्मनी पहिलो जितको खोजीमा हुने छ । 

पहिलो खेलमा मेक्सिकोसँगको हारले जर्मनीलाई दोस्रो चरण पुग्ने सम्भावना राख्न आजको खेल जित्नै पर्ने दबाब छ । जर्मनीविरुद्ध मैदान उत्रदा स्वीडेन दोस्रो जितको खोजीमा हुनेछ  ।

धेरै पटक पढिएको