काभ्रेको पनौतीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, June 19, 2018

काभ्रेको पनौतीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

असार ५, काभ्रे । काभ्रेको पनौती नगरपालिका–१०, रेशम खेती नजिकै ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काभ्रेको बेथानचोक गाउँपालिकाका हकजित लामा छन् । खोपासीबाट पनौतीतर्फ आउँदै गरेको बा ४ ख ३५७० नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ को मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनाबाट मोटरसाइकलमा सवार लामाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक सामान्य घाइते छन् । उनको बेनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बनेपाका सुनिलजङ्ग शाहले बताए । 

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धेरै पटक पढिएको