मल्पी र हिमालयनद्धारा बेथानचोकका ३५ घरधुरीलाईचूलो वितरण - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, May 15, 2018

मल्पी र हिमालयनद्धारा बेथानचोकका ३५ घरधुरीलाईचूलो वितरण

बैशाख ३१, बेथानचोक । पनौतीमा रहेको मल्पी इन्टरनेश्नल स्कूलको सहकार्यमा हिमालयन स्टोभ प्रजेक्टले बेथानचोक गाउँपालिकाका ३५ घरधुरीका लागि चूलो वितरण गरेको हो । बेथानचोक गाउँपालिका वडा नं ४ सिक्रेघ्याङमा विभिन्न चरणमा उक्त चूलो वितरण गरिएको छ ।

पछिल्लो समय घर घरमा सुधारिएको चूलो निर्माण गर्ने गराउने क्रम बढेको भए पनि वितरित चूलो अझै प्रभावकारी रहेको चूलो प्रयोगकर्ता बतउँछन् । दाउरा त एकदमै कम लाग्छ, धूवाँको समस्या छैन । खाना छिटो पाक्छ यो त एकमदै उपयोगी लाग्यो प्रयोगकर्ता रोजिना तामाङले बताइन् ।

दुई मुख भएको उक्त चूलो ग्रामिण क्षेत्रमा खाना पकाउन, पानी तताउन, गाईबस्तुका लागि कुँडो पकाउन समेत हुने तामाङको भनाई छ ।अन्य चूलोको दाँजोमा २५ प्रतिशत दाउरा लाग्ने चूलोले वनजंगलको संरक्षण सँगै मानवस्वास्थ्यमा समेत असर नर्गर्ने हिमालयन स्टोभ प्रोजेक्टको नेपाल प्रतिनिधि जयराज भण्डारीले बताए ।

गरिब विपन्न वर्गको आर्थिक र सामाजिक विकासको लक्ष्य लिएर यो कार्यक्रम संचालन गरेको उनको तर्क थियो । वातावरण संरक्षण हाम्रो दायित्व हो । यही दायित्व पूरा गर्न यस किसिमका कार्य संचालन गर्दै आएको बताउँदै यसको प्रयोग ग्रामिण क्षेत्रमा सर्वत्र गरिनु पर्ने मल्पी इन्टरनेशनका शिक्षा संयोजक अर्जुन क्षेत्रीले बताए । बजारमा खरिद गर्दा पनि प्रति सेट १५ हजारमा पाइने उक्त चूलो पहाडी तथा हिमाली भेगमा प्रोजेक्टले निशुल्क वितरण गर्दै आएको उनको भनाई छ ।

अन्य इन्धन उपलब्ध नभएको र दाउरा पनि कम पाइने ठाउँ हाम्रो लक्ष्य हो उनले थपे । गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले सहयोगी संस्थालाई धन्यवाद दिँदै वन पैदावार संरक्षण तथा स्वास्थ्य र सरसफाईका हिसाबले कार्यक्रम उत्कृष्ट रहेको बताए । संस्थाले विभिन्न चरणमा चूलो वितरण गर्दै जाने बताएको छ । वितरण कार्यक्रममा बेथानचोक ४ का वडा अध्यक्ष लाल बहादुर श्रेष्ठ स्थानीय जनप्रतिनिधिहरु तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

 स्रोत: बेथानचोक डट कम

धेरै पटक पढिएको