बनेपाको समग्र जानकारी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 23, 2015

बनेपाको समग्र जानकारी

वि.सं. २०३५ सालको बनेपा चार दोबाटोको तस्विर  


बनेपाको भौगोलिक परिवेश
पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक धार्मिक क्षेत्र हो पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड पर्वत -साना गाउहरूले घेरिएको करिब .३१ वर्ग कि. मि. परिधिमा सागा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो 'बने' ले व्यापार 'पा' ले बस्ती भन्ने बुझाउछ त्यसैले बनेपा व्यापारीहरूको थलो हो

बनेपा शब्दको व्युत्पति यसको इतिहास
बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ ' ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ किनभने नालङ, साङ, खोप्रिङ आदि , ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको

बनेपा निर्माण हुदाको रूप
बनेपामा पहिले 'भोलाखाभन्ने बस्ती मात्र थियो रे तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपावरिपरिका -साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी पाटी बनाइदिएका थिए त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन्

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो घाम हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू ९९ वटा इनारहरू थिए यसरी अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले अङ्क लक्षणयुक्त फलदायी हुन्छ तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन्

इतिहासका वर्द्धनहरू
'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए ज्योतिराम वर्द्धन महामन्त्री थिए उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी - वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे पछि जयार्जुनदेवको मृत्यु भयो त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे।
जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे जयसिंहराम बनेपाली थिए उनको दरबार बनेपाको भोलाखामा थियो उनको दरबारलाई क्वाठ भनिन्थ्यो हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ
सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा रण मल्लपछि उनैका छोरा केशव मल्ल केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो

धेरै पटक पढिएको