कात्तिक २५, काभ्रे । नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाइको माग गर्दै आइतबार र सोमबार काभ्रेका सबै विद्यालय बन्दको घोषणा गरेको छ ।
प्रधानमन्त्रीको तस्बिर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयको नेविसंघका इकाइ सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले २५ र २६ गते सबै विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।
१६ वर्षीय ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो शेयर गरेका थिए । ढकाललाई रिहा गर्न माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले भने २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्काजाम गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो ।
त्यस्तै, कृष्णले शेयर गरेको फोटो पुनः शेयर गरेको भन्दै पलपल अनलाइनका सञ्चालक कविराज ढकाललाईसमेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुविरुद्ध साइबर क्राइम अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
source: ujyaaloonline.com