पीपीएलमा गरेको गल्तीप्रति सन्दीपले मागे माफी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, November 11, 2018

पीपीएलमा गरेको गल्तीप्रति सन्दीपले मागे माफी

कार्तिक २६, काठमाडौं । पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेले प्रतियोगिताका दौरान गरेको गल्तीप्रति माफी मागेका छन् । 

सन्दीप अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका थिए ।  लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका कारण उनलाई एक डि–मेरिट अंक दिइएको थियो । सन्दीपले गलत बुझाइका कारण त्यस्तो भएको भन्दै ट्विटरमा माफी मागेका छन् ।

“पोखरा प्रिमियर लिगमा भएका घटनामा मैले कुनै स्पष्टीकरण दिन खोजेको होइन । त्यो एक असझदारी थियो,” सन्दीपले भनेका छन्, “म हृदयदेखी माफी माग्न चाहन्छु । माया र सुझावका लागि सबैलाई धन्यवाद ।” 

म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डि–मेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । 

अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

धेरै पटक पढिएको