काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना, २ को मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, October 27, 2018

काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना, २ को मृत्यु

कात्तिक १०, कपिल कोइराला, काभ्रे 
काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेकाे ढकालथोकमा शनिबार बा ३ च २८७ नम्बर को जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभए अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेकाे प्रहरीले बताएकाे छ ।

धेरै पटक पढिएको