काभ्रेको पाँचखालमा सहकारीको दर खाँदा ५० जना बिरामी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, September 07, 2018

काभ्रेको पाँचखालमा सहकारीको दर खाँदा ५० जना बिरामी

photo: onlinekhabar.com
भदौ २३, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा 'दर' खाँदा ५० जना भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ। 

स्थानीय ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार 'तिज विशेष दर खाने कार्यक्रम' आयोजना गरी दुई सय जनालाई खाना खुवाएको थियो।

उनीहरू 'फुड प्वाइजन' भई बिरामी भएको बताइएको छ। स्थानीय मेडिकलमा सामान्य गरी थप उपचारका लागि बिरामीहरूलाई धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अहिलेसम्म ५० जनालाई उपचारको लागि अस्पताल ल्याइँदै छ। बिरामीको संख्या अझै बढ्नसक्ने खड्काले बताए। 

बिरामीमध्ये बालबालिकाहरू बढी सिकिस्त रहेको उनले जानकारी दिए। बिरामीहरूको संंख्या बढ्दै गएको र विशेषगरी बालबालिका सिकिस्त रहेका कारण द्रुत गतिमा सेवा प्रवाह गर्न शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पताललाई अाग्रह गरिएको प्रहरीले जनाएको छ।

source: thahakhabar.com

धेरै पटक पढिएको