काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, September 07, 2018

काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

भदौ २२, काभ्रै । स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि किसानहरु हर्षित बनेका छन् ।

काभ्रेको पनौती नगरपालिकाले आफ्नो तेस्रो नगरसभामा घोषणा गरे अनुसार पाठापाठीको जन्मदर्ता र सुत्केरी भैसीलाई प्रोत्साहन स्वरुप भत्ता दिने कार्यको सुरुवात गरेको छ । 

नगरसभा सम्पन्न भए पछि मात्रै पनौती नगपालिकामा ४१ नयाँ पाठापाठीको जन्मदर्ता गरिएको छ भने सबै भैसीलाई सुत्केरी भत्ता उपलब्ध गराईएको छ। नगरले सुरु गरेको योजनावाट किसानहरु औधी खुसी भएका छन् ।

नगरले पहिलो बेद सुत्केरी भएको भैसीलाई ५ हजार र दोस्रो पटक सुत्केरी भएको भैसीलाई २ हजारको दरले भत्ता दिन सुरु गरेको हो । पनौतीका १२ वटै बडामा खटिएका पशु प्राविधिकहरुले सुत्केरी भैसीलाई कसरी पोषण दिने र पाठापाठीको स्याहार कसरी गर्ने भन्दै गोठमै पुगेर जन्मदर्ता गरिदिने गरेका छन् ।

पनौती नगरपालिका पशु तथा कृषि पेशाका लागि उपयुक्त भएकाले युवाहरुलाइ विदेश जानवाट रोक्न नगरले यो अभियान संचालन गरेको हो । पनौती नगरपालिकाको तथ्यांङमा नगरभरि ४ हजार ८ सय भैसी र पाठापाठी रहेका छन् ।

कृषिकर्ममा युवाहरुलाई आकर्षित बनाउन पनौती नगरले चालेको कदमले काभ्रैमा सकारात्मक सन्देश प्रवाह गर्दै गर्दा देशको अन्य स्थानीय तहले पनि यस कार्यप्रति चासो दिन थालेका छन् ।

Source: news24nepal.tv

धेरै पटक पढिएको