अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 08, 2018

अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना

भदौ २३, काठमाडौं – गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङ र नुवाकोटको सीमास्‍थल मेघाङमा दुर्घटना भएको छ।

हेलिकोप्टर उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सत्यवती गाउँपालिका मेघान नजिकै दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर फेला परेको छ। हेलिकोप्टर दुर्घटनाको खबर आए पनि घटनास्थलसम्म प्रहरी पुग्‍न बाँकी रहेको र घटनास्थल नपुगी विस्तृत विवरण भन्न नसकिने प्रहरीको भनाइ छ। हेलिकोप्टरमा पाइलट र  ६ यात्रु रहेको जनाइएको छ। 

क्याप्टेन निश्ल केसीले उडाइएको कल साइन ९एन–एएलएसको हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए। 

हेलिकोप्टरमा सवार सातै जनाको अवश्था अज्ञात रहेको उनले बताए ।

हेलिकोप्टर आज बिहान ६ः५७ मा काठमाडौंका उडेको चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष बिरबहादुर गुरुङले बताए। घटनाको थप बिस्तृत विवरण आउन बाँकी छ।

धेरै पटक पढिएको