सीपीएल खेल्न सन्दिप क्यारेबियनतर्फ प्रस्थान - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 04, 2018

सीपीएल खेल्न सन्दिप क्यारेबियनतर्फ प्रस्थान

साउन १९, काठमाडाै‌ं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न क्यारेबियनतर्फ गएका छन् ।

नेदरल्याण्ड्सविरुद्ध नेपालले खेलेको एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भएर उनी उतैबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका हुन् ।

सीपीएलका लागि क्रिस गेलको कप्तानीमा रहेको सीपीएलको सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सले ५ हजार डलरमा सन्दिपलाई आवद्ध गराएको हाे ।

सीपीएलका पाँच खेलपछि उनी मलेसियामा हुने एशिया कप छनौट खेल्न उतैबाट आउने छन् ।

यसै सिजनमा उनी आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपको अन्तर्राष्ट्रिय क्लब क्रिकेटमा व्यस्तता पनि बढेको छ ।

सन्दिपले नेदरल्याण्ड्सविरुद्ध दुई खेलमा गरी २० ओभर बलिङ गरेर महत्वपूर्ण चार विकेट लिएका थिए । पहिलो खेलमा ४२ रन खर्चिएर १ विकेट लिएका सन्दिपले दोस्रो खेलमा ४१ रन दिएर ३ विकेट लिएका थिए ।

धेरै पटक पढिएको