नेकपाको अाम्दानी : मासिक साढे तीन करोड - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 04, 2018

नेकपाको अाम्दानी : मासिक साढे तीन करोड

साउन २०, काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ। 
स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रूपैयाँ उठ्ने भएको हो।

नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैया राखिएको छ। 
सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्य संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्यबाट मात्रै मासिक साढे तीन करोड रुपैयाँ आम्दानी हुने भएको हो। 

पार्टीको स्थानीय कमिटीमा बसेका नेताले संगठित सदस्य शुल्कको १० प्रतिशत थप गरी मासिक शुल्क बुझाउनुपर्छ। संगठित सदस्य शुल्क ५० रुपैयाँमा थप १० प्रतिशत जोड्दा पार्टी कमिटीले मासिक प्रतिव्यक्ति ५५ रुपैयाँ उठाउनुपर्छ। तिनबाट मासिक सदस्य शुल्क चारलाख १२ हजार२८० रुपैयाँ उठ्छ।

source: नयाँ पत्रिका दैनिक

धेरै पटक पढिएको