चिकित्सको लापर्बाहीले उपचारका क्रममा विरामीको मृत्यु, अफन्तको विरोधपछि छानबिन समिति गठन - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 04, 2018

चिकित्सको लापर्बाहीले उपचारका क्रममा विरामीको मृत्यु, अफन्तको विरोधपछि छानबिन समिति गठन

साउन १९, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।

मुख्य सडक नै अवरुद्ध गर्दै टायर बाल्न खोजिएपछि सुरक्षाकर्मीले रोकेका थिए ।

घटनाबारे छानविन गर्न नारायणी उपक्षेत्रिय अस्पतालका प्रसुति विभाग प्रमुख डा. सुरेन्द्र चौधरीको नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा अस्पतालमै कार्यरत डा. उदय नारायण सिंह, मेट्रोन माधवी चौधरी, मानव अधिकारकर्मी कृष्ण कुमार खनाल, राजपाका नेता नेजामुद्धिन समानी, परवानीपुर गाउँपालिका अध्यक्ष हरि नारायण साह र पीडितका आफन्त दिपक साह कानु सदस्य छन् ।

आफन्तजनका अुनसार झण्डै दुई महिनाको गर्भवति रमिलालाई शुक्रबार बेलुका पेट दुख्न थालेपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । राति चिकित्सकहरुले चेकजाँचपछि सुई लगाएपछि उनको अवस्था सामान्य नै थियो । बिहान उनले उठेर जुस पनि पिएकी थिइन् । अचानक दुखाई बढेपछि चिकित्सकले ट्रमाडोल, बुस्कोपान इन्जेक्सन लगाइदिएका थिए । त्यसपछि छटपटाउन थालेकी उनको मुखबाट फिँज निक्लिएको थियो । त्यसको केहिबेरमै उनको मृत्यु भएको मृतकका आफन्त दिपक साहले बताए ।

छानविन समिति गठनपछि पनि आक्रोशित स्थानीयले क्षतिपूर्तिको माग राख्दै शव उठाउन मानेका छैनन् । उनको शव नारायणी उपक्षेत्रिय अस्पतालकै शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए ।

नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकले छानविन समितिले वास्तविक तथ्य बाहिर ल्याउने र सोही अनुसार प्रक्रिया अघि बढ्ने बताए । ‘घटनाको बारेमा सत्यतथ्य जाँचबुझ गर्न ७ सदस्यीय समिति गठन गरेका छौं ।’ उनले भने ‘समितिको रिपोर्टकै आधारमा अरु प्रक्रिया अघि बढ्छ ।’

समय समयमा अस्पतालमा घट्ने यस्तो घटनाहरुले वीरगञ्जको एक मात्र सरकारी अस्पताल बदनाम हुने गरेको छ ।
source: onlinekhabar.com

धेरै पटक पढिएको