सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउदै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 02, 2018

सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउदै

साउन १८, काठमाडौ । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी सुरु गरेको छ । 
भदौको अन्तिम वा असोजसम्म चुनाव गर्नेगरि तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उप निर्वाचनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग हिजो छलफल गर्नुभएको छ । उप–निर्वाचनका लागि सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने छ । 

यो महिना भित्र ऐन संसोधन गर्ने र असोजको पहिलो हप्तासम्म ढिलोमा चुनाव गर्नेगरि तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । स्थानीय तहमा मात्रै १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त रहेका छन् । 

निर्वाचन आयोगले स्थानीय तहमा जिल्ला समन्वय समितिका पदाधिकारी, वडा अध्यक्ष र वडा सदस्यको पद रिक्त हुन गएका तर स्थानीय तह निर्वाचन ऐन, २०७३ मा ती पदमा उपनिर्वाचन गर्नेसम्बन्धी प्रावधान नभएकाले ऐन यथासक्य छिटो संशोधन गर्नुपर्ने सुझाव दिएको छ । 

धेरै पटक पढिएको