सामाखुसीमा इनार सफा गर्न गएका तीन जनाको मृत्यु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, August 03, 2018

सामाखुसीमा इनार सफा गर्न गएका तीन जनाको मृत्यु

साउन १८, काठमाडौ ।  राजधानीको सामाखुसीमा इनार सफा गर्ने क्रममा तीनजना मदजुरको मृत्यु भएको छ । 
इनार सफा गर्न छिरेको केही समयमै उनीहरुको मृत्यु भएको हो । घरघनी ७० बर्षिय मेघवर्ण गौतम, कैलाली टिकापुरका २३ वर्षिय रमेश चौधरी तथा भारतका ३६ बर्षिय अशोक कुमारको मृत्यु भएको महानगरीय प्रहरी बृत लैनचौरले जनाएको छ । 

इनार सफा गर्ने क्रममा निस्सासीएर बेहोस भएपछि घापासीस्थित ग्राण्डी अस्पताल र्पुयाइएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

इनारभित्र बेहोस भएको जानकारीलगत्तै सोह्रखुट्टे प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले उद्दार गरेपनि उनीहरुको इनारभित्रै मृत्यु भइसकेको सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी गौतम केसीले बताए ।

ईनार भित्र अक्सीजनको कमी भएका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

धेरै पटक पढिएको