कर्मचारीको तलवबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 02, 2018

कर्मचारीको तलवबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने

साउन १८, काठमाडौ ।  सरकारी कर्मचारीको तलवबाट अब पेन्सनका लागि ६ प्रतिशत रकम काटिने भएको छ। 
साउन १ गतेपछि नियुक्त हुने सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीमा यो व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षदेखि योगदानमा आधारित निवृत्तिभरण लागू गर्ने तयारी गरिरहेको सरकारले कर्मचारीबाट ६ प्रतिशत योगदान हुनेगरी रकम कटौती गर्ने भएको हो । 

साउन १ अघि नियुक्त भएका कर्मचारीको तलवबाट भने पेन्सनका लागि कुनै रकम कटौति हुने छैन । यसअघि १० प्रतिशत रकम कटौती गरी त्यति नै रकम सरकारले जम्मा गरिदिने प्रस्ताव अर्थले गरे पनि यसलाई मन्त्रिपरिषद बैठकले संशोधन गरी स्वीकृत गरेको हो । 

यो व्यवस्था लागू भएपछि कर्मचारीबाट कटौती भएको ६ प्रतिशत रकम बराबर नै सरकारले थपेर कोष बनाउने छ । कोषबाट कर्मचारीलाई पेन्सनको व्यवस्था हुनेछ ।

धेरै पटक पढिएको