क्रिस गेल र सन्दीपको उत्कृष्ट प्रदर्शन तर टिम भने पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 09, 2018

क्रिस गेल र सन्दीपको उत्कृष्ट प्रदर्शन तर टिम भने पराजित

साउन २५, काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । तर उनी सहभागी टिम भने पराजित भएको छ ।

टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले गुयाना एमेजोन वारियसविरुद्ध सानदार बलिङ गर्दै २ विकेट लिए ।

४ ओभर बलिङ गरेका सन्दीपले १२ रन मात्रै खर्चेर २ विकेट लिएर आफ्नो जादु देखाएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमा नै चाडविक वाल्टोनलाई ९ रनमा आउट गराएका थिए । त्यस्तै, उनले जासन मोहम्मदलाई १६ रनमा आउट गराए ।

दशौँ ओभरको दोस्रो बलमा उनले गुएना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन फर्काएका हुन् । सन्दीपले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम भने ६ विकेटले पराजित भएको छ ।

सन्दीपको टिमका लागि ब्याटिङमा कप्तान क्रिस गेलले ६५ बलमा ८६ रनको शानदार पारी खेलेका थिए तर जितका लागि यो पर्याप्त भएन ।

१४६ रनको लक्ष्य पाएको गुएना वारियर्सले १७ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएर जित निकालेको हो ।

धेरै पटक पढिएको