विश्वकपका सर्वोत्कृष्ट गोलकिपर अब रियल मड्रिडमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 09, 2018

विश्वकपका सर्वोत्कृष्ट गोलकिपर अब रियल मड्रिडमा


साउन २५, काठमाडौँ ।  युरोपियन च्याम्पियन रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोउर्तोइसलाई भित्र्याएको छ । 

रुसमा भएको विश्वकपमा सर्वोत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ अवार्ड जितेका बेल्जियन थिबाउटले रियल मड्रिडसँग ६ वर्षको सम्झौता गरेका हुन् ।

२६ वर्षे थिबाउटले चेल्सीमा सात वर्षको बसाई टुंग्याउँदै स्पेनिस राजधानीलाई आफ्नो नयाँ गन्तव्य बनाएका हुन् । रियल मिड्रडले क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेज र थिबाउटले सम्झौतामा हस्ताक्षर गर्दै गरेको भिडियो क्लिप जारी गरेको छ ।

अहिलेसम्म कति मूल्यमा थिबाउटलाई भित्र्याएको भन्ने खुलेको छैन । तर ३५ मिलियन पाउण्ड भन्दा बढीको डिल रहेको अनुमान छ ।

चेल्सीले एथ्लेटिको बिल्बाओका २३ वर्षे किपा एर्रिजाबालागालाई ७१ मिलियन पाउण्डमा भित्र्याएको भोलिपल्टै थिबाउटले रियल मड्रिडसँग सम्झौता गरेका हुन् ।

धेरै पटक पढिएको