अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल, इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 09, 2018

अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल, इन्काउन्टर भएकै हो, फर्जी भन्नु हल्ला मात्रः गृहमन्त्री

साउन २५, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।

गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल हुनु नै मूल कुरा भएको बताउनुभयो ।

गृहमन्त्री थापाले हिजो सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए । तर, त्यसबारे छानविन नगर्दै आज गृहजिल्ला चितवन पुगेका मन्त्री बादलले त्यो ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गरेका हुन्।

भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या हुँदा र त्यसपछि प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा गृहमन्त्री थापा नेपालमा थिएनन् । त्यसबेला मन्त्री थापा इण्डोनेसियाको बालीमा आयोजित एक कार्यक्रममा भाग लिन गएका थिए ।

गृहमन्त्री थापा आफैंले अपराधीहरुलाई निस्तेज पारिनु ‘मूल कुरा’ भएको बताइसकेपछि अब हिजो उनैले संसदीय समितिलाई दिएको छानविनको आश्वासन भने कार्यान्वयनमा नजाने संकेत देखिएको छ ।

गृहमन्त्री नेपाल फर्केर आइसक्दा नसक्दै प्रहरीले गरेको ‘इन्काउन्टर’ विवादमा परेको थियो । मारिएका अपहरणकारीका परिवारले मानवअधिकार आयोगमा समेत पुगेर यस विषयमा छानविन गर्न माग गरेका थिए ।

source: onlinekhabar.com

धेरै पटक पढिएको