हनुमन्तेको बाढीले ठिमी राधेराधे क्षेत्र फेरि डुबानमा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 04, 2018

हनुमन्तेको बाढीले ठिमी राधेराधे क्षेत्र फेरि डुबानमा

साउन २०, भक्तपुर  । मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र फेरि डुबानमा परेको छ। 

गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो। हनुमन्तेको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायतका क्षेत्र डुबानमा परेको छ। 

अविरल वर्षाले हनुमन्तेमा पानीको बहाव बढ्न थालेपछि रातिदेखि सुरक्षाकर्मी उच्च सतर्कतासाथ बसेको र डुबानग्रस्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। 

बिहानीपख वर्षा रोकिएपनि खोलामा पानीको बहाव बढ्ने क्रममा रहेकाले नागरिकलाई सुरक्षित र उच्च सतर्कतासाथ बस्न अनुरोध गरे। उनले हालसम्म क्षतिको विवरण भने आइनसकेको बताए।


 

धेरै पटक पढिएको