जाजरकोटमा पहिरोले पुरिएर ९ जनाको मृत्यु, केहीको उद्धार - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, August 05, 2018

जाजरकोटमा पहिरोले पुरिएर ९ जनाको मृत्यु, केहीको उद्धार


साउन २०, जाजरकोट ।  जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । 

स्थानीय पत्रकार तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा उनिहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गोविन्द परियार र ८ वर्षीय दर्शक परियार छन् । यस्तै, तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवति, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनिषा छन् । 

पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर  लुहारको घाइते अवस्थामा उद्दार गरिएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । स्थानीय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले बोहरा र सुनारको घर पुरिएको हो । 

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र उद्धारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । ति घरहरुमा बटुवाहरु समेत बसेकाले उनीहरु पनि पुरिएको आशंका गरिएको छ ।

धेरै पटक पढिएको