अपहरणकारीको मानव अधिकारको कुरा गर्नेले बालकको मानब अधिकार किन विर्सैको ? प्रहरीले जे गर्यो, सही गर्यो :अधिकारी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, August 07, 2018

अपहरणकारीको मानव अधिकारको कुरा गर्नेले बालकको मानब अधिकार किन विर्सैको ? प्रहरीले जे गर्यो, सही गर्यो :अधिकारी


साउन २३, काठमाडौँ । आइतबार साँझ अपहरणमा परेका सिन्धुपाल्चोक स्थायी घर भई काँडाघारीमा आमासँगै डेरामा बस्ने ११ वर्षीय निशान खड्का साउन २१ गते सोमबार मृत भेटिए ।

सञ्चारमाध्यममा आएको जानकारीअनुसार निशानको हत्यामा संलग्न अपहरणकारीहरु निशानको ममीले सञ्चालन गरेको होटलको नियमित ग्राहक थिए । त्यही आधारमा निशानसँग उनीहरुको चिनजान थियो । अपहरणकारीले नै फकाएर निशानलाई लगे र पैसाका लागि निशानको हत्या गरे ।

अपहरणकारीले ‘निशानलाई जिउँदो चाहिए ४० लाख तयार राख’ भनी उनकी आमा चमेलीलाई फोनसमेत गरेको पाइयो ।आइतबार साँझ ९ बजे आएको फोन कलका आधारमा प्रहरीले समयमै सतर्कता अपनाएको भए सायद निशानको जीवन बँच्न सक्थ्यो । यो मामलामा प्रहरी चुकेको हो भन्नेमा कुनै शंका छैन ।


तर जब सोमबार मध्यान्ह प्रहरीले निशानको शव फेला पा¥यो, त्यसपछिको घटनाक्रममा जे भएको छ, त्यो एकदमै सही भएको छ ।

एक आमाका लागि आफ्ना सन्तानको माया कति लाग्ला ? निशानको हत्यापछि विक्षिप्त बनेकी चमेलीको अवस्था कस्तो होला, अधिकांश मिडियाहरुलाई त्यसको कुनै चिन्ता छैन । तर धेरैजसो पत्रकार, सञ्चारमाध्यमलाई भने ‘फेक इन्काउण्टर’ को चिन्ता रहेको देखियो ।

कतिपय मानव अधिकारको वकालत गर्नेहरुले अपहरणकारीको मानव अधिकारको डकार निकालेको देखियो । तर के उनीहरुलाई यो कुरा थाहा छैन कि ती ११ वर्षीय अबोध बालक निशान खड्काको पनि बाँच्न पाउने ‘मानवअधिकार’ थियो । अपहरणकारीहरु अजय तामाङ र गोपाल तामाङको मानवअधिकारको वकालत गर्नेहरुले निशान र उनका परिवारको मानवअधिकार किन बिर्सियो ।

४० लाख फिरौती माग्ने अपराधी चप्पल लगाएर जङ्गलमा बसेका, ८ वटा गोली खाँदा पनि हातमै पेस्तोल रहेको, अपराधी पेण्टर भएको लगायतका कुरा छाडौं । तर के कुनै मिडिया वा व्यक्तिले जो मारिए तिनीहरु अपहरणकारी होइनन् भनेर तथ्य वा प्रमाण पेश गरेको छ ? होइन भने किन उनीहरु अपहरणकारीको ‘गैरन्यायियक’ हत्या भन्दै उचालिरहेका छन् ?

हो, प्रहरीको इन्काउण्टर फेक होस् या रियल, यस्ता अपराधीलाई इन्काउण्टर नै गर्नुपर्छ । अपराधीलाई पक्राउ गरेर जेलमा राख्ने अनि सरकारी दालभात खुवाएर पाल्ने कहिलेसम्म ? कुनै दिन यी अपराधी सुध्रिएको भन्दै आममाफी पाउँछन्, अनि फेरि आपराधिक गतिविधिमै संलग्न हुन्छन् । त्यसको हिसाब कसले गर्न सक्छ ?

अपहरणकारी र अपराधीको मानवअधिकारको बखान गर्दै उनीहरुको बचाउ गर्र्नेहरुलाई म एउटा प्रश्न गर्छु, के निशान खड्का तपाइँका परिवारका सदस्य थिए भने पनि तपाईँ अपराधीकै बचाउ गर्नुहुन्थ्यो ? पहिले त्यो घटना आफ्नो परिवारमा परेको सम्झनुस्, अनि फेरि छातमिा हात राखेर भन्नुहोस् त्यो अवस्थामा तपाईँको मानवअधिकार निशानको पक्षमा हुन्थ्यो कि गोपाल र अजयजस्ता अपराधीको पक्षमा ?
त्यसैले सोमबारको इन्काउण्टर फेक नै सही, तर प्रहरीले जे गर्यो, सही गर्यो ।



लेखिका- सुशीला अधिकारी
रानीबन, काठमाडौं
http://americanepal.info/?p=35250

धेरै पटक पढिएको