अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, August 07, 2018

अपहरणकारीले घाँटी थिचेर गरेका थिए निशानको हत्या

साउन २३, काठमाडौँ । काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो । 

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेका थिए । तर, प्रहरीले बालकको खोजी थालेको ८ घण्टा वित्न नपाउँदै बालकको हत्या भएको थियो । 

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले कुरा गर्दै अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको बताए । 

प्रहरी मुठभेडमा सोमबार भक्तपुरको डोलेश्वरमा मारिएका अपहरणकारी गोपाल तामाङ र अजय तामाङले बालकको क्रुर हत्या गरेको उनले बताए । 

प्रहरी स्रोतका अनुसार उनीहरुले खड्काको राति नै हत्या गरेका थिए । हत्यापछि आफैं बस्दै आएको घरधनी भक्तपुरको ठिमी नगरपालिका–९ स्थित श्याम लबटको नजिकै रहेको निर्माणाधिन घरको जगमा अपहरणकारीले बालकलाई पुरेका  थिए । 
जुन शवलाई महाशाखाको प्रहरी टोलीले सोमबार दिउँसो उत्खनन् गरेर निकालेको थियो ।

धेरै पटक पढिएको