निशानलाई हजुरबुवाले दिए दागबत्ती, चितामाथि निशानको लास, नि:शब्द बुवा र अन्तिम संस्कार (फोटो फिचर) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, August 09, 2018

निशानलाई हजुरबुवाले दिए दागबत्ती, चितामाथि निशानको लास, नि:शब्द बुवा र अन्तिम संस्कार (फोटो फिचर)

साउन २५, काठमाडौँ । गत आइतबार साँझ अपहरणपछि हत्या गरिएका ११ वर्षीय निशान खड्काको बिहीबार अन्तिम संस्कार गरिएको छ। उनलाई काठमाडौंको काँडाघारीबाट अपहरण गरिएको थियो।

छोराकै लागि वैदेशिक रोजगारीमा मलेसिया गएका उनका बुवा गणेश स्वदेश फर्किएपछि निशानको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको हो। निशानका बुवा एयरपोर्टबाट सिधै पशुपति आएका थिए। उनी नि:शब्द थिए। निशानलाई हजुरबुवा दुर्गाबहादुर खड्काले दागबत्ती दिए।

आइतबार साँझ अपहरणमा परेका निशानको सोही राति हत्या भएको थियो। प्रहरीले सोमबार मात्रै भक्तपुरको सानोठिमीस्थित एक निर्माणाधीन घरको जगमा गाडिएको अवस्थामा निशानको शव फेला पारेको थियो।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहीवार निशानको शव आफन्तले बुझेका थिए। पोस्टमार्टममा अपहरणकारीले निशानको मुखमा रुमाल र कपडा कोचेर हत्या गरेको देखिएको छ। निशान अपहरणमा परेदेखि उनको आमाको अवस्था निकै दर्दनाक थियो। 

आफूले दु:ख गरेर हुर्काएको छोरोले आफूहरुलाई छोडेर जादाको पीडामा उनका बाबु र आमासँगै उनका आफन्त देखिएको थियो।

निशानलाई श्रदाञ्‍जलि दिन पूर्व कानुनमन्त्री शेर बहादुर तामाङ आर्यघाट पुगेका थिए। 

अपहरणमा संलग्न गोपाल र अजय तामाङलाई सोमबार प्रहरीले भक्तपुरमा इन्काउन्टरमा मारेको थियो।





source: dessanchar.com

धेरै पटक पढिएको