‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Monday, July 30, 2018

‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक


साउन १४, काठमाडौँ । दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।

यो गीतमा चलचित्रका सबै कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतको भिडियो र अडियो उत्कृष्ट छ । यसले अघिल्ला चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’को जस्तै चर्चा पाउने कुरामा यसको निर्माणपक्ष ढुक्क छ ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देश बोकेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।

धेरै पटक पढिएको