रसुवामा पहिरोः प्रहरी पोष्ट र होटल पुरिए, ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

रसुवामा पहिरोः प्रहरी पोष्ट र होटल पुरिए, ४ जनाको मृत्यु, ११ जना सम्पर्कविहीन


साउन १०, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।

पहिराेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँदा अहिलेसम्म ४ जनाकाे ज्यान गएकाे र ११ जना सम्पर्कविहिन भएकाे जानकारी दिए ।

घाइतेको उद्धार तथा खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

बजार क्षेत्र भएकाले स्थानीयका अलावा अन्य यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलकाे अनुमान छ ।

पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताए । ‘उद्धार तथा खोजी कार्यलाई सडक अवरुद्ध हुँदा केही समस्या भएको छ’, प्रजिअ पौडेलले भने, ‘तैपनि हामीले उद्धार तथा खोजी कार्यलाई गति दिएका छौं ।’
घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।

source: onlinekhabar.com

धेरै पटक पढिएको