रसुवामा पहिरोमा पुरिएर एकको मृत्यु, ८ जना बेपत्ता - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

रसुवामा पहिरोमा पुरिएर एकको मृत्यु, ८ जना बेपत्ता


 साउन १०, रसुवा - रसुवाको टिमुरेमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम तामाङको मृत्यु भएको प्रहरीले जनएको छ ।

पहिरोमा ८ जना हराइरहेका छन् । हराएकाको खोजी तथा उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले रातोपाटीलाई जानकारी दियो । 

उद्दारका लागि स्काभेटर र डोजरको प्रयोग गरिएको छ । राति एक बजेतिर पहिरो गएको प्रहरीले जनाएको छ । 
रातिको उक्त पहिरोले  प्रहरी चौकी समेत बगाएको बताइएको छ । 

पहिरोले अन्य क्षति समेत पुर्यएको छ । केही घरहरु पुरिएका छन् । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।


धेरै पटक पढिएको