सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, July 26, 2018

सरकार र केसीबीच सहमति, २७ औं दिनमा अनसन तोडिँदै

सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली वालुवाटार जाँदै
साउन १० , काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । 

सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए ।

सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।

source: onlinekhabar.com

धेरै पटक पढिएको