लर्ड्समा एमसीसीलाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 29, 2018

लर्ड्समा एमसीसीलाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी

साउन १३ , काठमाडौं । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ९ विकेटले पराजित गरेको छ ।

लर्ड्समा वर्षाले प्रभावित खेलमा नेपालले ६ ओभरमा ४१ रनको लक्ष्य पाएको थियो । जसलाई मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालका सुवास खकुरेलले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा अविजित रहे । पहिलो विकेटका रुपमा आउट भएका अनिलकुमार साहले ९ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको माहेला जयवर्दने नेतृत्वको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो । जयर्वदने २४ रनमा अविजित रहे ।

सोपाल कामीले २ विकेट लिँदा शक्ति गौचनले एक विकेट आफ्नो नाममा लेखाएका छन्।

अब नेपालले नेदरल्याण्ड्सँग खेल्नेछ, यो खेलले टी-२० आईको मान्यता समेत पाउनेछ ।

धेरै पटक पढिएको