डा. केसीको माग सम्बन्धमा प्रधानमन्त्रीको चासो, बालुवाटारमा उच्चस्तरीय छलफल जारी - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

डा. केसीको माग सम्बन्धमा प्रधानमन्त्रीको चासो, बालुवाटारमा उच्चस्तरीय छलफल जारी

साउन ९, काठमाडौँ । डा.गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा नेता सुवास नेम्वाङ र केदारभक्त माथेमाबीच छलफल भइरहेको नेकपा नेता नेम्वाङले जानकारी दिनुभयो । 

संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकका डा.केसीले २५ बुँदामा संशोधन गर्नुपर्ने बताएपछि ती बुँदाहरुमा छलफल चलिरहेको छ । 

डा. केसी पक्षका वार्ता समितिका संयोजक डा अभिषेक सिंहले आफ्नो तर्फबाट सबै आन्तरिक तयारी सकिएको बताउनुभएको छ ।  यसअघि  बिहान ९ बजेपछि नै वार्ता बस्ने भनिएपनि डां केसीमा माग सम्बोधन एवं विद्येयकमा भएका बुँदाको संशोधन  विषयमा  प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले चासो देखाएपछि बालुवाटारमा बैठक बसेको हो । 

बालुवाटारको छलफलपछि सरकारी वार्ता टोली र डा केसी पक्षबीच आज पुनस् वार्ता हुने श्रोतले जनाएको छ। 

धेरै पटक पढिएको