फिफा वर्ष खेलाडी अवार्डमा १० खेलाडीको नाम सार्वजनिक, रोनाल्डो र मेस्सी परे, नेइमार अटाएनन् - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, July 24, 2018

फिफा वर्ष खेलाडी अवार्डमा १० खेलाडीको नाम सार्वजनिक, रोनाल्डो र मेस्सी परे, नेइमार अटाएनन्


साउन ९, काठमाडाँ । व्यक्तिगत स्तरमा फुटबलरका लागि सबैभन्दा ठूलो अवार्ड, फिफा वर्ष खेलाडीको मनोनयन सर्वाजनिक भएको छ । 

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पुरुष वर्ष खेलाडीका लागि मनोनयनमा परेका १० खेलाडीको नाम सार्वजनिक गरेको छ । 

त्यसमा यसअघिका वर्षमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई टक्कर दिँदै आएका ब्राजिलका नेइमार परेका छैनन् । 

यो वर्षको फिफा वर्ष खेलाडीका लागि रोनाल्डो र मेस्सीसहित इंग्ल्याण्डका ह्यारी केन, बेल्जियमका इडन हर्जाड, इजिप्टका मोहम्मद सालह, बेल्जियमका केविन डी ब्राउनसहितका खेलाडी परेका छन् । 

साबिक वर्ष खेलाडी रोनाल्डो पनि मनोनयनमा परेका छन् । सन् २०१७ को जुलाई ३ देखि २०१८ को जुलाई १५ सम्ममा खेलाडीले गरेको प्रदर्शन र उपलब्धीका आधारमा फिफा लेजेण्डसको प्यानलले १० खेलाडीको छनौट गरेको हो । 
अब फ्यानको मत तथा पत्रकार र राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षकको मतको आधारमा विजेता छनौट गरिनेछ ।

वर्ष खेलाडीको मनोनयनमा को को ?

क्रिष्टियानो रोनाल्डो–युभेन्टस र पोर्चुगल

केविन डी ब्राउन–म्यानचेस्टर सिटी र बेल्जियम

एन्टोनी ग्रिजम्यान–एथ्लेटिको मड्रिड र फ्रान्स

इडन हजार्ड–चेल्सी र बेल्जियम

ह्यारी केन–टोटनह्याम र इंग्ल्याण्ड

केलियन एमबाप्पे–पेरिस सेन्ट–जर्मेन र फ्रान्स

लियोनल मेस्सी–बार्सिलोना र अर्जेन्टिना

लुका मोड्रिक–रियल मड्रिड र क्रोएसिया

मोहम्मद सालह–लिभरपुल र इजिप्ट

राफायल भाराने–रियल मड्रिड र फ्रान्स

महिला वर्ष खेलाडीका लागि को को ?

लुसी ब्रोन्ज–लियोन र इंग्ल्याण्ड

पेर्निली हार्डर–वुल्फसबर्ग र डेनमार्क

एडा हेगरबर्ग–लियोन र नर्वे

एमान्डिनी हेनरी–लियोन र फ्रान्स

सामान्था केर–पर्थ ग्लोरी सिकागो रेड स्टार र अस्ट्रेलिया

काकी कुमागाइ–लियोन र जापान

डीज्सेनिफर मारोज्सान–लियोन र जर्मनी

मार्ता–ओरलाण्डो प्राइड र ब्राजिल

मेगन रापिनोइ–सियाटल रेइङ्ग र अमेरिका

वेन्डिइ रेनार्ड–लियोन र फ्रान्स

-एजेन्सी

धेरै पटक पढिएको