आजपनि प्रतिपक्षी दल काङ्ग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध, दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

आजपनि प्रतिपक्षी दल काङ्ग्रेसद्धारा राष्ट्रियसभा बैठक अवरुद्ध, दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग

साउन ९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । 

काङ्ग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी जीवन रक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो । 

बुधबारको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै काङ्ग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले २६ औ दिनसम्म अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईमाथि कानुनी कारवाही लगायतका माग पुरा नहुन्जेल बैठक चल्न नसक्ने बताए । 

पाण्डेको भनाईसँगै काङ्ग्रेसका सदस्यहरु उभिएका थिए । कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाईरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे । त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराए । 

आजको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो । राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो ।

धेरै पटक पढिएको