सरकार र डा. केसीको वार्ता असफल,सरकारले कडा रवैया देखाएको केसी पक्षको आरोप - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

सरकार र डा. केसीको वार्ता असफल,सरकारले कडा रवैया देखाएको केसी पक्षको आरोप


साउन ९ , काठमाडौं । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । 

सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा. केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा. केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । तर, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो । स्रोतका अनुसार टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।

तर, नेता नेम्वाङले त्यस्तो संकेत नदिएपछि सरकारी टोलीले ठोस जवाफ दिन सकेन । डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्बन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् ।

सरकारले सत्याग्रहीको ज्यान जोखिममा पार्ने र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका काममा हलो अड्काउने रवैया देखाएको भन्दै उनले भनेका छन्, ‘यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’

डा. केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्वारा विज्ञप्ति जारी
‘डा. केसी कुनै पनि बेला अचेत हुन सक्ने’
अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न  सरकार अझै तयार नभएका बेला उनी कुनै पनि बेला अचेत हुन सक्ने चेतावनी उनको उपचारमा संलग्न चिकित्सकले दिएका छन्।

अनशनको २६ औं दिन बुधबार डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले  पत्रकार सम्‍मेलन गर्दै  उक्त चेतावनी दिएका हुन्।

पत्रकार सम्‍मेलनमा डा.लक्ष्मण भुसालले डा.केसीले विस्तारै होस गुमाएको गएको जानकारी दिए।

उनले भने, ‘ हिजो भर्खर मैले आफै बसेर सर (डा.केसी)को  रगत जाँचको लगाि पठाउको थिएँ, आज त्‍यही कुरा उहाँले बिर्सिसक्नु भएको रहेछ।’

डा.लक्ष्मण भुसालले डा. केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) अत्यन्तै कम रहेकाले अचेत हुन सक्ने सम्भावना रहेको बताए। लामो समय भोकै रहँदा अन्य विभिन्न किसिमका समस्या समेत देखिन थालेको डा. भुसालको भनाई छ।

‘उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ’, डा. केसीको उपचारमा संलग्न चिकित्सकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसले गर्दा कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

डा. केसीको मुटुको चाल पनि एकनासको नरहेको उनका समर्थक चिकित्सक विशध दाहालले बताए।

धेरै पटक पढिएको