राजनीति भरतपुरमा झडप : प्रहरीद्वारा हवाईफायर, ११ प्रहरीसहित दर्जनौँ घाइते - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, July 25, 2018

राजनीति भरतपुरमा झडप : प्रहरीद्वारा हवाईफायर, ११ प्रहरीसहित दर्जनौँ घाइते

साउन ९, चितवन । भरतपुर महानगरपालिकामा प्रहरी र तीनपांग्रे सवारी (अटो रिक्सा तथा टेम्पो) चालकहरूबीच झडप भएको छ। 

झडपमा प्रहरीले हवाई फायर गरेको छ। झडपका क्रममा ११ जना सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ। प्रहरीले १० राउन्ड हवाइफायर र दर्जनौँ अश्रुग्यास प्रहार गरेको चितवन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। 

उनले स्थिति नियन्त्रणमा आएको बताएका छन्। भरतपुर महानगरपालिकाले मुख्य राजमागर्मा तीनपांग्रे सवारी चलाउन रोक लगाएको थियो। केन्द्रीय बस टर्मिनल अगाडिको स्थानमा प्रदर्शन एवं सडक अवरुद्ध गरेपछि झडप भएको थियो। 

प्रदर्शनकारीले केही सवारी साधन र नजिकै रहेको प्रहरी बिटमा समेत आक्रमण गरेको राठौरले जानकारी दिए। उनले प्रहरी बिटमा प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए। 

धेरै पटक पढिएको