आसर १३, काठमाडौँ । पहिरोको मारमा परेको नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ ।
सडक खण्डको चार किलोमा आज बिहानै पहिरो खसेपछि आवागमन ठप्प हुन पुगेको हो। ठूलो पहिरो खसेकाले दुवैतिरका गाडी रोकिएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बिहान ६ बजे ४ किलोमा अर्को पहिरो खसेपछि आवागमन ठप्प भएको जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यालय, चितवनले ठूलो पहिरो सडकमा आएर बसेकाले तत्काल सडक खुल्ने अवस्था नरहेको जनाएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले पहिरो हटाएर सडक खुलाउन प्रयास भइरहेको जनाएको छ ।
ठूलो पहिरो खसेकाले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरी सुझाव छ । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण हरेक दिनजसो अवरुद्ध हुन थालेको छ ।
यस्तै पृथ्वी राजमार्गको कृष्णभिरमा पनि पहिरो खसेको छ । पहिरोले एउटा कार पुरेको छ भने पहिरोमा एउटा जीप फसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धादिङ बेनिघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभिरमा राति लेदो माटोसहितको पहिरो खसेको हो । पहिरोमा बा १२ च ३८२१ नम्बरको कार आधा पुरिएको छ भने एउटा जीप फसेको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।