लामो दूरीको राजमार्गमा जाँचियो बस चालकको प्रेसर र आँखा - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, December 25, 2018

लामो दूरीको राजमार्गमा जाँचियो बस चालकको प्रेसर र आँखा

१० पुस, दाङ । पूर्व पश्‍चिम राजमार्गमा लामो दूरीमा चल्ने बसका चालकको स्वास्थ्य जाँच गरिएको छ। सवारी दुर्घटना बढेपछि न्यूनीकरण गर्ने उपाय अन्तर्गत बस चालकको प्रेसर र आखा जाँच गरिएको हो।

अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको पहलमा लमही नगरपालिका, लमही अस्पताल, लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा चालकको स्वास्थ्य जाँच गरिएको हो। ट्राफिक देखेपछि डराउने बस चालक मंगलबार भने खुसी देखिए।

ट्राफिक प्रहरीले नै सवारी चालकको स्वास्थ्य जाँच गर्न कार्यक्रम राखेपछि बस चालक खुसी भए।`बेला बेला स्वास्थ्य जाँच गर्न अस्पताल जान्थे। तर, सडकमै ट्राफिकले डाक्टरहरु बोलाएर स्वास्थ्य जाँच गरेको देख्दा र सेवा पाउँदा खुसी लाग्यो´बस चालक टंकबहादुर थापाले भने-`बस चालक हामी पनि सचेत हुनुपर्छ।’

‘थकान लाग्यो तनाव भयो भने बस चलाउन हुदैन। फोनमा झुण्डिनु हुदैन।´ प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ ले सवारी दुर्घटना न्यूनीकरण गर्न बिशेष कार्यक्रम ल्याएको प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ले बताए।`ट्राफिक नियमको बारेमा बस भित्रै यात्रुलाई सचेत बनाउने कार्यक्रम ल्याएका छौं। प्लेनका बस्दा कति दूरी पार गरियो।

गन्तव्य सम्म पुग्न कति समय लाग्छ, सुरक्षा उपायहरु यो यो छन् भनेर जसरी बताइन्छ।अब बस भित्र पनि यस्तो जानकारी दिने कार्यक्रम छ´मल्लले भने-`अर्को कुरा चालकलाई सवारी साधन चलाउदा सम्म फोन निषेध गर्ने कार्यक्रम छ।´प्रदेश ५ का १२ जिल्लामा अहिले चालकलाई सवारी साधन चलाउँदा फोन बोक्न निषेध गरिएको छ।

धेरै पटक पढिएको