दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास, उपचार गराउन छैन 'बेड' (फोटो) - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 08, 2018

दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास, उपचार गराउन छैन 'बेड' (फोटो)

भदौ २३, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाने कार्यक्रममा गएका काभ्रेका २०० भन्दाबढीलाई ’फुड पोइजन’ भएको छ। 

स्थानीय ग्रामीण स्वावलम्बन बहुद्देश्यीय सहकारी संस्था लि. ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि काभ्रेका विभिन्न अस्पताल लागिएको छ । 

फुड पोइजन भएका बिरामीलाई अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमाडौं स्थित सिभिल हस्पिटलमा पठाईसकेको जनाएको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भईरहेको छ। 

काभ्रेका हस्पिटलहरूमा ती विरामीलाई उपचार गराउनको लागि ’बेड’ को समेत अभाव भएपछि भुइँमै राखिएर उपचार भइरहेको छ। विशेषगरी बालबालिका सिकिस्त रहेका छन् ।



Source: thahakhabar.com
photo: pema lama

धेरै पटक पढिएको