नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, बंगलादेश २–० ले पराजित हुँदै बाहिरियो - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, September 08, 2018

नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, बंगलादेश २–० ले पराजित हुँदै बाहिरियो

भदौ २३, काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । 
खेलमा आयोजक बंगलादेशलाई २–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाललाई जिताउन स्ट्राइकर बिमल घर्ती मगरर नवयुग श्रेष्ठले गोल गरे । खेलको ३३ औं मिनेटमा गोल बिमलको गोलमा नेपालले अग्रता लिएको थियो ।

डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा बिमलले प्रहार गरेको बल विपक्षि गोल रक्षकको हातबाट फुत्किएर गोलमा परिणत भयो । अतिरिक्त खेलाडीका रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गर्दै नेपाललाई समूह विजेताका रुपमा सेमिफाइनलमा पु¥याएका हुन् ।

समूह उपविजेताका रुपमा पाकिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले नेपाललाई पहिलो खेलमा २–१ ले पराजित गरेको थियो ।

धेरै पटक पढिएको