राजधानीमा पेट्रोलियम पदार्थको अभाव - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, September 20, 2018

राजधानीमा पेट्रोलियम पदार्थको अभाव

असोज ४, काठमाडौं–ट्याङ्कर चालकले मंगलबारदेखि पेट्रोलियम पदार्थ ढुवानी नगर्दा राजधानीका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन लाग्न थालेको छ । 

दुई दिन मात्रै ढुवानी रोकिँदा उपत्यकाका केही पेट्रोल पम्ममा सटर लागेको छ भने खुलेका पम्पहरुमा पनि सवारी साधनको लाइन लागेको छ । 

नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले निगमसँग अझै ४५ हजार लिटर इन्धन स्टक रहेकाले अहिले नै हाहाकारको अवस्था नहुने बताए । 

ढुवानीकर्तासँग पेट्रोलियम पदार्थको ढुवानी रोकेको विषयमा आयल निगमले जानकारी माग्दा उसले चालकले ढुवानी नगरेको भन्दै पन्छिएको र चालकसँग सम्पर्क गर्न खोज्दा उनीहरुले मोइबाइलको स्विच अफ गरेर बसेको प्रवक्ता  गोइतले जानकारी दिए । 

उनले अहिलेसम्म चालक र ढुवानीकर्ताले आफूहरुसँग कुनै माग नराखेको पनि बताए । तर ढुवानी रोकिएको विषयमा आफूहरुले सबैलाई समेटेर छलफल गर्न खोजेको बताए । 

बुधबार (हिजो) मात्रै निगले प्रेस विज्ञप्ति जारी गरेर आपूर्ति रोक्ने प्रयास जारी राखे कारबाही गर्ने चेतावनी दिएको थियो  । वैज्ञानिक रुपमा ढुवानीको भाडा समायोजन गरेको भएपनि विभिन्न बहानामा यस्ता अवरोधहरु जारी राख्नु दुःखद भएको पनि उनले बताए ।   

चालकहरुको तलबभत्ता, सञ्चयकोष, ट्रिप भत्ता लगायतका सुविधा यसअघि नै पुरा गर्ने सहमति निगमले गरिसकेको छ । 

केही समय अघि निगमले ट्यांकरमा लकिङ सिस्टम शुरु गरेको थियो । सोही बेलादेखि चालकहरु निगमसँग रुष्ट हुँदै आएका छन् । ढुवानी नगर्ने हो भने ट्यांकरको साँचो बुझाएर बस्न निगमले चेतावी दिएको छ ।

सकभर वर्ताबाटै समाधान गर्ने प्रयासमा निगम रहेको गोइतले बताए । 

धेरै पटक पढिएको