धुलिखेलमा तेस्रो एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगीता तथा मास्टर क्लास सुरु - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Wednesday, September 19, 2018

धुलिखेलमा तेस्रो एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगीता तथा मास्टर क्लास सुरु


काभ्रे, असोज, ४ । आजबाट काभ्रेको धुलिखेलस्थित मिराबेलमा रिसोर्टमा तेस्रो एभरेष्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगीता तथा मास्टर क्लास सुरु भएको छ । तेक्वान्डो आईटिएफ नेपालद्धारा आयोजना भैरहेको प्रतियोगीता ३ दिनसम्म जारी रहने छ । 

६ गतेसम्म जारी रहने प्रतियोगीता अन्तरगत आज एक दिन मास्टर क्लास हुनेछ । प्रतियोगीतामा सहभागी हुन बेलायतबाट मास्टर योगी चाँद आज आईपुग्नुहुनेछ । उक्त क्लास तथा प्रतियोगीतामा नदरल्याण्ड, सिङ्गापुर, भारत र नेपालका गरी ५२ महिला र १५९ पुरुष गरी जम्मा २११ खेलाडीहरुले सहभागीता जनाउने भएका छन् । 

एक दिने मास्टर क्लासमा प्याट्रन, स्पाईरीङ्ग र सेल्फ डिफेन्सको लागि खेलाडिहरुलाई प्रशिक्षण दिईनेछ । उक्त प्रतियोगीतामा व्यक्तिगत प्याट्रन तथा व्यक्तिगत स्पाईरीङ्ग गरी कुल ४० स्वर्ण, ४० रजत र ८० कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगीता भव्य रुपमा सफल हुने तेक्वान्डो आईटिएफ नेपालका संस्थापक अध्यक्ष एवं प्रतियोगीताका दिर्नेशक लक्ष्मण बस्नेतले जानकारी दिनुभयो । प्रतियोगीता सम्पन्न गर्दासम्मको खर्च ९ लाख लाग्ने आयोजकले जानकारी दिएका छन् ।

धेरै पटक पढिएको