नेपालको शानदार जित, भुटान ४-० गोलले पराजित - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Thursday, September 06, 2018

नेपालको शानदार जित, भुटान ४-० गोलले पराजित

भदौ २२, काठमाडौँ । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले  भुटानलाई ४-० गोलले हराएको छ।

७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो।

नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ। नेपालको जितमा भरत खवास, सुनिल बल, निराजन खड्का र अनन्त तामाङले गोल गरे। निराजन र भरत दोस्रो हाफमा मैदान छिरेका थिए।

नेपालका रक्षक अनन्तले २२ औं मिनेटमा पहिलो गोल गरे। सुनिल बलले गरेको कर्नर प्रहारमा तामाङले सिक्सयार्ड सर्कलबाट हेडमार्फत गोल गरेका थिए। ७१ औं मिनेटमा  सुनिल बलले अग्रता दोब्बर बनाए।

विमल घर्ती मगरले प्रहार गरेको पेनाल्टीलाई भुटानका गोलरक्षकले रोकेपनि सुनिलले रिबाउन्डमा गोल गरेका थिए। निराजन खड्कालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। यही कारण भुटानका खेलाडीले ७० औं मिनेटमा सोझै रातो कार्ड पाएका थिए। निराजन दोस्रो हाफमा विशाल राईको स्थानमा मैदान छिरेका थिए।

भरतले ७९ औं मिनेटमा गोल थपे। उनले एकल प्रयाशमा गोल गरे। केही मिनेट अघिमात्र उनी अन्जन विष्टको मैदानमा मैदान छिरेका थिए। ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेका थिए। उनले सुनिल बलको कर्नर प्रहारमा हेडमार्फत गोल गरे। निराजन ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन्।

धेरै पटक पढिएको